बाली विज्ञानमा गुरु जजुर जिल्ला प्रथम

तुलसीपुर,७ चैत । दाङ तुलसीपुर ४ रक्षाचौर स्थित गुरुजजुर मावि रक्षाचौरले ४८ प्रतिशत विद्यार्थीलाई उतिर्ण गराउन सफल भएको छ ।

                                     

तीन बर्षे डिप्लोमा तह कृषि(बाली विज्ञान) शंकायमै प्रदेशमै दोस्रो भएको छ, भने दाङमा प्रथम भएको छ ।


विद्यालयले ४८ प्रतिशत विद्यार्थी पास गराउन सफल भएको छ । २५ जना विद्यार्थी मध्ये १२ जना विद्यार्थी पास हुन सफल भएको शिक्षक प्रतिनिधि गोपाल बुढाथोकीले बताए ।

उनीहरु चौथो ब्याजका विद्यार्थी हुन् । २०७९ को परिक्षामा सहभागिहरुको नतिजा प्रकाशित भएको हो । जिल्ला प्रथम भएसंगै विद्यालयको यो उपलब्धीलाई अझै बढाउने उनले बताए ।