साहित्यकार सुवेदीको निधन

काठमाडौं, १४-चैत/ साहित्यकार प्राज्ञ दधिराज सुवेदीको ७८ वर्षको उमेरमा निधन भएको छ।

क्यान्सरपीडित सुवेदीको उपचारका क्रममा विराट मेडिकल कलेज एण्ड टिचिङ अस्पताल बुढीगंगा मोरङमा बुधबार बिहान ३ बजेतिर निधन भएको हो।

भोजपुरको दिङ्लामा जन्मिएका सुवेदी विराटनगरलाई कर्मक्षेत्र बनाएर साहित्यमा सक्रिय थिए। उनले खोज तथा अनुसन्धानमूलक दर्जनौँ पुस्तक लेखेका छन्। सुवेदी लेखन र समालोचना गर्न मन पराउँथे।


उनका साधनाको अभिरेखाङ्कन (२०४४), प्रतिभा र प्रस्तुति (२०४५) र नेपाली साहित्यका मुस्कानहरू (२०६९) समालोचनात्मक कृति प्रकाशित छन्। सुवेदीको समग्रह समालोचना विश्व विद्यालयहरूमा पढाइ हुन्छ।

उनको विराटनगरस्थित परोपकार घाटमा बुधबार दाहसंस्कार गरिने परिवारका सदस्यले जनाए। स्व. सुवेदीका श्रीमती, दुई छोरा र एक छोरी छन्।