लुम्बिनी प्रदेश योजना आयोगको उपाध्यक्षद्वारा शपथ

दाङ, २० जेठ । लुम्बिनी प्रदेश योजना आयोगको उपाध्यक्षमा सरोज खनालले पद तथा गोपनियताको शपथ लिनुभएको छ । आईतबाट मुख्यमन्त्री जोखबहादुर महराले शपथ गराउनुभएको हो ।

शुक्रबार बसेको लुम्बिनी प्रदेश मन्त्री परिषदको बैठकले खनाललाई नियुक्ती गरेको थियो । खनाल यस अघि प्रदेश योजना आयोगको सदस्य भएर पनि काम गर्नुभएको हो । कपिलबस्तुको बाणगंगा नगरपालिका ८ निवासी खनाल गएको बर्ष भदौमा नियुक्त भएर चैतसम्म काम गर्नुभयो । उहाँमा यस अघि चक्रपानी खनाल संघको कृषि मन्त्री हुँदा स्वकीय सचिब भएर काम गरेको अनुभव छ, भने सहकारी, शिक्षा, गैर सरकारी संस्थामा लामो समय काम गरेको अनुभव छ ।

सल्लाहकारमा आचार्य, अर्थ विज्ञमा बैद्धिक
प्रदेशका मुख्यमन्त्री महराको राजनीतिक सल्लाहकारमा दाङका निर्मल आचार्यलाई नियुक्त गरिएको छ । माओवादी केन्द्रका दाङ जिल्ला इन्चार्ज समेत रहेका आचार्यलाई मुख्यमन्त्री महराको सचिबालयमा रहने गरि नियुक्त गरिएको हो । उहाँले राज्यमन्त्री सरहको सेवा सुविधा पाउनुहुनेछ । आचार्यले आईतबार पदभार ग्रहण गर्नुभएको छ ।


त्यसतै अर्थ तथा विकास विज्ञमा तुलसीपुरका शुसान्त बैद्धिक नियुक्त हुनुभएको छ । उहाँ यस अघिका मुख्यमन्त्री डिल्ली चौधरीको अर्थ विज्ञका रुपमा कार्यरत हुनुहुन्थ्यो ।

वैदिकले लन्डन स्कुल अफ इकोनोमिक्स एन्ड पोलिटिकल साइन्सबाट अर्थशास्त्रमा स्नातकोत्तर गर्नुभएको छ । उहाँसंग लन्डनकै एक इकोनोमिक कम्पनीमा अर्थशास्त्रीको रूपमा काम गरेको अनुभव छ ।