राजेश मास्कीले लिए सहीद परिवारबाट आशीर्वाद

तुलसीपुर
२५ असोज / बाम लोकतान्त्रिक गठबन्धनको तर्फबाट दाङ क्षेत्र नं.३(ख)का उम्मेदवार धनबहादुर मास्की(राजेश)ले सहीद परिवारबाट आर्शीवाद लिएका छन् । तुलसीपुर उपमहानगरपालिका वडा नं.१ का सहीद परिवारबाट मास्कीले आशीर्वाद लिएका हुन् । मुलुकबाट तानाशाही राजतन्त्रको अन्त्य गरि संघीय लोकतान्त्रीक गणतन्त्र ल्याउनुमा सहीद परिवारको महत्वपूर्ण भूमिका रहेको भन्दै उनीहरुको योग्दानलाई उच्च मूल्यांकन गर्नुपर्ने समेत बताए ।

त्यस अवसरमा सहीद परिवारले ब्यबस्था परिबर्तन भएपनि अबस्था उस्तै रहेको भन्दै यो समस्या समाधान गर्न गठबन्धनलाई जिताउने प्रतिबद्धता जनाएका थिए ।

त्यस अवसरमा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा राष्ट्रियसभा सदस्य जगप्रसाद शर्मा‘अपार’, माओवादी केन्द्र तुलसीपुर नगरका कोषाध्यक्ष अमर नेपाली‘माइकल’,माओवादी केन्द्र तुलसीपुर १ का अध्यक्ष डिलु न्यौपाने, पार्टी वडा इञ्चार्ज हुमकान्त सापकोटालगायतको सहभागिता रहेको थियो ।


No description available.

No description available.

No description available.