तुलसीपुर, २० जेठ । लुम्बिनी प्रदेश मुख्यमन्त्री जोखबहादुर महराको राजनीतिक सल्लाहकारमा निर्मल आचार्यलाई नियुक्त गरिएको छ ।
माओवादी केन्द्रका दाङ जिल्ला इन्चार्ज समेत रहेका आचार्यलाई मुख्यमन्त्री महराको सचिबालयमा रहने गरि नियुक्त गरिएको हो । उनले राज्यमन्त्री सरहको सेवा सुविधा लिनेछन् ।
आचार्यले आईतबार पदभार ग्रहण गरेका छन् ।
लाइभदाङ । २० जेष्ठ २०८१, आईतवार १३:२९ बजे