हावाहुरीले तुलसीपुरको विद्युत अबद्धरु

तुलसीपुर, १९ जेठ । शनिबार राति आएको हावाहुरीसहितको बर्षाले गर्दा तुलसीपुरको विद्युत सेवा समेत अबरुद्ध भएको छ ।

राति ८ बजेतिर तुलसीपुरको विद्युत सेवा अबरुद्ध भएको हो । हावाहुरीसहित आएको बर्षादले बिभिन्न स्थानमा पोल ढलेको हुन सक्ने तथा तारहरु चुडिएको हुन सक्ने भएकाले त्यसको पहिचान पछि मात्रै विद्युत सेवा सूचारु हुने वितरण केन्द्र तुलसीपुरले बताएको छ ।


पहिचान विना नै विद्युत दिदा त्यसले क्षति निम्तिन सक्ने भन्दै पहिचान पछि मात्रै विद्युत सेवा दिने गरि आफूहरु लागेको वितरण केन्द्रको भनाई छ ।

अर्को तर्फ मुख्य लाइनमा नै पटक–पटक समस्या आइरहेको समेत केन्द्रले बताएको छ ।