![](https://livedang.com/wp-content/uploads/2024/05/sushant-vaidik.jpeg)
तुलसीपुर,१८ जेठ । लुम्बिनी प्रदेशको अर्थ तथा विकास विज्ञमा तुलसीपुरका शुसान्त बैद्धिक नियुक्त भएका छन् ।
प्रदेश मन्त्री परिषदको शुक्रबार बसेको बैठकले तुलसीपुर ६ दाङ निवासी बैद्धिकलाई नियुक्त गरेको हो । उनी यस अघिका मुख्यमन्त्री डिल्ली चौधरीको अर्थ विज्ञका रुपमा कार्यरत थिए ।
![](https://livedang.com/wp-content/uploads/2024/06/1.jpeg)
![](https://livedang.com/wp-content/uploads/2024/06/2.jpeg)
![](https://livedang.com/wp-content/uploads/2024/07/add.jpg)
वैदिकले लन्डन स्कुल अफ इकोनोमिक्स एन्ड पोलिटिकल साइन्सबाट अर्थशास्त्रमा स्नातकोत्तर गरेका छन् ।
उनीसँग लन्डनकै एक इकोनोमिक कम्पनीमा अर्थशास्त्रीको रूपमा काम गरेको अनुभव छ।
लाइभदाङ । १८ जेष्ठ २०८१, शुक्रबार २०:३९ बजे