शनिबार घोराहीका बिभिन्न स्थानमा विद्युत अबरुद्ध हुने

दाङ, १८ जेठ । शनिबार दाङ घोराहीका बिभिन्न स्थानमा विद्युत नआउने भएको छ ।

विहान ६ बजेदेखि दिउसो १२ बजेसम्म बजार फिडर र नवलपुर फिडरको लाईन मर्मत गर्नुपर्ने भएकाले विद्युत अबरुद्ध हुने भएको हो । लाइन सुधार तथा कन्डक्टर अपग्रेड गर्नुपर्ने भएकाले सोही समयमा विद्युत नआउने भएको हो ।


बालमन्दिर, मिलनचोक, ढोरेनी,बसपार्क,सुपैलाखुटी,हेलोटावरलगायतका क्षेत्रमा विद्युत अबरुद्ध हुने भएको घोराही वितरण केन्द्रले जनाएको छ ।

May be an image of text