तुलसीपुरबाट रोल्पा जान लागेको जीप दुर्घटना

दाङ,१ असार । दाङको तुलसीपुरमा यात्रुबहाक जीप दुर्घटनामा परेको छ ।

तुलसीपुरबाट रोल्पा जाँदै गरेको रा १ ज ५५६ नम्बरका जीप तुलसीपुर उपमहानगरपालिका वडा नं. ३ सिरखोलामा दुर्घटनामा परेको हो । विहान साढे १० बजेतिर रोल्पाको ओत जाँदै गरेको उक्त जीपमा ९/१० जनाको संख्यामा यात्रु सवार थिए । उनीहरु सबै घाइते छन् ।


घाइतेहरु मध्ये केहीको अबस्था गम्भीर रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक पुष्पराज मल्लले बताए । उनका अनुसार घाइतेहरुको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको छ ।

तिब्र गतिका कारण दुर्घटना भएको हुन सक्ने प्रारम्भीक अनुमान रहेपनि यस विषयमा अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।