माओवादी घटकहरु एक हुनुपर्छ : मास्की

तुलसीपुर, ११ भदौ । नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा लुम्बिनी प्रदेशका पूर्व अर्थमन्त्री धनबहादुर मास्कीले माओवादी घटकहरु एक हुनुपर्ने बताएका छन् ।

माओवादी केन्द्र तुलसीपुरले आयोजना गरेको भेटघाट कार्यक्रममा लुम्बिनी प्रदेशसभा सदस्य समेत रहेका मास्कीले भने‘बैद्य,विप्लव, बाबुराम, आहुति, किरातीलगायतलाई पार्टीमा ल्याउनुपर्छ ।’

मंगलबार तुलसीपुरमा आयोजित कार्यक्रममा उनले जनार्दन शर्माले उठाएको कुराले पार्टी सुधारमा टेवा पुग्ने समेत बताए । तर, अहिले त्यो विषयलाई लिएर पार्टी फुटाउन थालेको भनि गलत ब्याख्या गर्ने गरको भन्दै त्यसको खण्डन समेत गरे ।‘जनार्दनले उठाएको कुरालाई फुटको अर्थमा बुझ्नु हुँदैन’,उनले भने‘अहिले चलेको बहस पार्टी जुटाउनलाई हो ।’

पार्टी सुधारकालागि विधि,पद्धति लागु गर्ने कुरा नै अहिलेको बहस रहेको मास्कीले बताए ।


यो पनि 

पार्टीलाई आगामी चुनाबमा एक्लै लड्ने अबस्था बनाउनुपर्छः शर्मा