सामुदायिक रेडियो व्यवस्थापनको जिम्मेवारी स्थानिय सरकारले लिनुपर्छः प्रसाई

रामप्रसाद सुवेदी
हापुरे, १८ असोज ।
पुराना मिडियाकर्मी तथा राष्ट्रिय स्वतन्त्र पार्टिका केन्द्रिय सदस्य रमेश प्रसाईले सामुदायिक रेडियोको व्यवस्थापनमा स्थानीय सरकारको भुमिका महत्वपुर्ण रहने बताउनु भएको छ । सामुदायिक रेडियो हापुरेसँगको कुराकानीमा प्रसाईले समुदायको सचेतनाका लागि स्थापना भएका सामुदायिक रेडियोहरुलाई स्थानिय सरकारले स्रोत जुटाएर सञ्चालन र ब्यबस्थापन गर्नुपर्ने धारणा राख्नुभयो ।

समाजलाई सचेतना दिने उदेश्यले परिकल्पना गरिएका सामुदायिक रेडीयोहरु पछिल्लो समय आर्थिक अभाबका कारण बन्द हुने अवस्थामा पुग्न थालेको बताउदै सामुदाय स्तरमा सञ्चालित सामुदायिक रेडियोलाई बाचाई राख्न स्थानिय सरकार गम्भिर हुनुपर्ने उहाँको भनाई रहेको थियो । स्थानिय सरकारका गतिविधीहरुलाई जनता माझमा पुर्याउने जिम्वेवारी सामुदायिक रेडियोको भए जस्तै सामुदायिक रेडयिोका सम्स्या समाधान गर्नु स्थानिय सरकारको जिम्वेवारी हुने उहाँको भनाई थियो ।


प्रसाई यो समय अडियो भिज्वलको भएको भन्दै सामुदायिक रेडियोले आफ्ना सिमितताका कारण समय अनुसार अपडेट हुन जरुरी रहेको भएपनि हुन नसकेको बताउनु भयो । उहाँले सामुदायिक रेडियो समय अनुसार अपडेड हुन सकेको भए पछिल्लो समयका अनलाइन मिडिया र युटुब च्यानल भन्दा पनी शक्तिशाली हुने बताउनु भएको छ ।