महोत्सवमा ब्यापारिक स्टल राखेको भन्दै उवासंघको ध्यानाकर्षण

तुलसीपुर,२३ मंसिर । तुलसीपुर महोत्सवका विषयमा उद्योग बाणिज्य संघले पुनः ध्यानाकर्षण गरेको छ । मंसिर २५ गते देखि पुनः सञ्चालन हुन लागेको महोत्सवमा ब्यापारिक स्टल राखेको भन्दै तुलसीपुर उद्योग बाणिज्य संघले ध्यानाकर्षण जनाएको हो ।

मेला महोत्सव सञ्चालनका सन्दर्भमा ब्यबसायिहरुको आन्दोलनका क्रमममा मंसिर १५ गते भएको निर्णय अनुसार सहमति कार्यान्वयन नभएको भन्दै संघका कार्यवहाक अध्यक्ष मिनराज भण्डारीले विज्ञप्ति जारी यस्तो जानकारी दिए ।


मेला स्थलमा सहमति अनुसार हटाउनु पर्ने करिब एक सय बढि फेन्सि,कपडा,भाडा,जुत्ता र प्लाष्टिकका स्टलहरु राखिएको पाईएको विज्ञप्तिमा उल्लेख छ ।

मंसिर १५ गतेको सर्बपक्षिय सहमति अनुसार ब्यबसायिक स्टल नराखेर कृषि महोत्सव र सास्कृतिक महोत्सव सञ्चालन गर्नु पर्ने कावा अध्यक्ष भण्डारीले बताए । साथै पुस १ गतेदेखि मेला सञ्चालन गर्ने मौखिक निर्णय भएको समेत उनले बताए ।