विद्यार्थीको रक्त समूह परीक्षण

टेकराज भण्डारी
दाङ, १४ जेठ ।
राप्ती बबई क्याम्पसका विद्यार्थीहरुको रक्त समूह परीक्षण गरिएको छ । थर्ड आई नेपाल तुलसीपुर ६ दाङको आयोजना तथा तुलसीपुर सिटी हस्पिटलको सहयोगमा क्याम्पसमा अध्ययनरत १ सय २९ जना विद्यार्थीको रक्त समूह परीक्षण गरिएको हो ।

रक्त समुह थाहा नहुँदा रगत व्यवस्थापनमा समस्या हुने भएकाले रक्तसमुह पहिचान गरिएको हो । रक्तसमुह पहिचान नहुँदा आपतकालिन अवस्थामा रक्तदान गर्ने दाताहरुनै सेवा गर्नबाट बञ्चित हुँदै आएकाले सो समस्यालाई समाधान गर्न यस्तो कार्य गरिएको हो ।

त्यस अवसरमा तुलसीपुर उद्योग वाणिज्य संघका पुर्वअध्यक्ष विमल रिजालले रगतको अभाव हुन नदिन सबैले नियमित रुपमा रक्तदान गर्नुपर्ने बताए ।


कार्यक्रममा राप्ती बबई क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष श्याम रेग्मीले व्यक्तिको रगत समुहको आधारमा रगतको जोहो हुने भएकाले रक्त समुह पहिचान अत्यन्त आवश्यक रहेको उल्लेख गरे । समयमै रगत समुह थाहा भएन भने रगत व्यवस्थापनमा ढिलाई हुने र मानिसको ज्यानै जानसक्ने खतरा रहेकाले हरेक व्यक्तिले आफ्नो रगत समुह समयमै थाहा पाउन जरुरी रहेको बताए ।

थर्ड आई नेपालका अध्यक्ष बसन्त गिरीका अनुसार तुलसीपुरका ४ वटा शैक्षिक संस्थाहरुमा उक्त कार्यक्रम सञ्चालन भइरहेको छ । सोही अन्तरगत सोमबार राप्ती बबई क्याम्पसमा अध्ययनरत विद्यार्थीहरुको रक्त समुह परिक्षण गरिएको हो ।