दाङ
१७ कात्तिक / राष्ट्रियसभा सदस्य तथा माओवादी केन्द्रका लुम्बिनी प्रदेश सदस्य जगप्रसाद शर्मा‘अपार’ किसानको खेतमा खेत काट्ने गरेका छन् । गएको बर्ष पनि अभियानकै रुपमा किसानको खेतमा धान काट्न पुगेका अपार यस बर्ष पनि किसानको खेतमा गएर धान काटेका छन् ।
तुलसीपुर उपमहनगरपालिका वडा नंं. ८ अस्वारामा रहेको खेतमा अपारसहितको टोलीले मंगलबार धान काटेको हो । उनले कम्युनिष्ट पार्टी सर्वाहारा तथा श्रमजिवि बर्गको पार्टी भएकाले किसानहरुको पीडा नजिकबाट बुझ्न र सबैलाई श्रमगर्नकालागि उत्साहित बनाउन आफू पनि यसरी खेतमै पुग्ने गरेको उनी बताउछन् । आर्थिक समृद्धिको एउटा आधार कृषि पनि भएकाले कृषिको विकासकालागि श्रम अपरिहार्य रहेको समेत उनको भनाई छ ।
उनीसहित राष्ट्रिय उद्योग ब्यापार संगठनका तुलसीपुर नगर अध्यक्ष घनश्याम डाँगी, नेकपा (एस) निकट युवा संघका जिल्ला उपाध्यक्ष हरिश गिरी, दलित मुक्ति मोर्चा दाङका अध्यक्ष हिरालाल सुनार‘सारथी’, प्रेस सेन्टर दाङका सहसचिब दीपक बोहरा, नेता केशव वली, दुर्गा शर्मालगायतको टोलीले धान काटेको थियो ।
लाइभदाङ । १६ कार्तिक २०७८, मंगलवार २३:११ बजे