दिव्यकुञ्ज एकेडेमीमा मुठ्ठी दान कार्यक्रम सम्पन्न

दाङ, ९ जेठ ।
बुद्ध जयन्तीको पुर्व सन्ध्यामा दिव्यकुञ्ज एकेडेमीले विशेष कार्यक्रमको आयोजना गरेको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष वीर बहादुर भण्डारी मोहनको अध्यक्षतामा एवम् नेपाल अहिंसावादी बौद्ध धर्म बिश्व शान्ति चक्र संघका केन्द्रिय महासचिव प्रेम दोर्जे बल लामाको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो ।

उक्त कार्यक्रममा मुठ्ठी दान पनि गरिएको थियो । विद्यार्थीमा दानको भावना जगाउन एक मुठ्ठी दानको महत्त्व बुझाउन कार्यक्रम आयोजना गरिएको हो । यो कार्यक्रम लुम्बिनी प्रदेशकै पहिलो कार्यक्रम रहेको विद्यालयले दावी गरेको छ ।

विद्यार्थी एवम् शिक्षकहरुले मुठ्ठी दान कार्यक्रमको लागि बिद्यालयले तुलसीपुर ३ र ९ मा रहेको बौद्ध गुम्बाका १९ जना भिक्षु तथा लामालाई बिधालयमा आमन्त्रण गरेको थियो ।


कार्यक्रममा पाँच बोरा चामल र १२ हजार ३५० नगद जम्मा भएको थियो भने उक्त अनाज र रकम तुलसीपुर ३ दमारगाउँमा रहेको बौद्ध गुम्बालाई हस्तान्तरण गरिएको थियो । कार्यक्रममा विद्यालयका शिक्षकरप्राध्यापक डा.प्रेम योगीले बोल्नु भएको थियो । कार्यक्रममा स्वागत विद्यालयका प्र.अ.कुलानन्द अधिकारीले गर्नुभएको थियो भने कार्यक्रमको सहजीकरण विद्यालयका कार्यक्रम संयोजक पूर्ण के.सी (मुस्कान) ले गर्नुभएको थियो ।