सलौरामा जारी महायज्ञमा दिन प्रतीदिन भक्तजनको घुइचो बढदै

प्रमोद आचार्य,
दंगीशरण, २८ माघ /
दाङको दंगीशरण ५ सलौरामा जारी श्रीमद भागबत ज्ञान महायज्ञको आज तेस्रो दिन भक्तजनको भिडभाड सङ्गै दानबिरहरुको संख्यामा पनि वृद्धि हुन थालेको छ ।

सलौरामा रहेको बाल गोपाल मन्दिरमा राष्ट्रशान्ती ,बैदिकसनातन धर्मजागरण ,पितृ उद्दार तथा आत्मकल्याणका लागी श्रीमद भागबत सप्ताह ज्ञानमहायज्ञको आयोजना गरीएको बाल गोपाल मन्दिर सलौराका गोबिन्द प्रसाद आचार्यले जानकारी दिनुभयो। इतीहासको रुपमा रहेको बाल गोपाल मन्दिरको अस्तीत्व संरक्षण र सम्बर्द्धन गर्न र बैदिक सनातन धर्म जागरण प्रती सबैको ध्यान प्रेरीत गर्न महायज्ञको आयोजना गरीएको बताउनुभयो ।

आज तेस्रो दिन दानबिरहरुले मन्दिरको सरक्षणका लागी दान दिने क्रम बढिरहेकोको छ ।आज तेस्रो दिन दंगीशरण ४ सरैया (मौलि)निवासी प्रेम बहादुर केसीले सबैभन्दा बढि १ लाख १० हजार दान दिएर अहिले सम्मकै धेरे दान गर्ने दानबिरको रुपमा घोषित हुनुभएको छ ।


यस्तै दंगीशरण ५ निवासी यज्ञ बहादुर बुढाले १ लाख ,र गोबिन्द प्रसाद आचार्यले ५१ हजार २ सय पच्चीस रुपैया दान गर्नु भएको छ । माघ २६ गते देखी आयोजना गरीएको महायज्ञ फाल्गुन ३ गते सम्म चल्ने महायज्ञ ब्यबस्थापन समितीका संचालक डिल्ली रेग्मिले बताउनु भएको छ ।

महायज्ञको प्रमुख बाचकको रुपमा श्री वेङ्क्टेश लक्ष्मिनारायण मन्दिर रजौरा दाङका उत्तराधिकारी बाल्ब्रहमचारी युबा बसन्त केशबाचार्य सुर्यपाकि रहनुभएको समितीले जनाएकोछ । महायज्ञ सफल पार्न र कथा श्रबण गर्न सबैमा उपस्थितिको लागी समितीका सचिब दिबक बस्नेतले सबैमा आग्रह गरेको छ ।