जातिय विभेद तथा छुवाछुत सम्बन्धि दुई दिने कानुनी साक्षरता

तुलसीपुर, ९ जेठ ।
सहायता केन्द्र नेपालको आयोजना र तुलसिपुर उपमहानगरपालिका वडा न. १ को आर्थिक सहयोगमा दलित र गैरदलित बिच सह अस्तित्व निर्मान संगै जातिय बिभेद तथा छुवाछुत सम्बन्धि दुइदिने कानुनी साक्षरता कार्यक्रम सम्पन्न भएको छ। सहायता केन्द्र नेपालका अध्यक्ष खेमराज बि.क को अध्यक्षतामा र वडा अध्यक्ष हुमाकान्त सापकोटाको प्रमुख अतिथ्यमा भएको कर्यक्रममा ६० जना दलित र गैर दलितको सहभागिता रहेको थियो। दुइदिने प्रशिक्षण कार्यक्रममा सुशिल बस्नेत र निर्मल नेपालीले प्रशिक्षन दिनुभएको थियो। दलित अधिकारकर्मी तथा १ नम्वर वडा सदस्य मेघराज सोनिले समाजमा अझै पनि जातिय बिभेद तथा छुवाछुत यथावत भएको हुदा यस्ता अभिमुखिकरन कार्यक्रम आवसेक भएकोले तुलसिपुर उपमहानगरपालिका वडा नम्बर१ ले कार्यक्रमको आयोजना गरेको हो। दुइदिने कानुनी साक्षरता कार्यक्रम ले समाजमा परिवर्तन ल्याउन सक्ने र समाज रुपान्तरनमा महत्वपुर्न भुमिला खेल्ने बताउनुभएको थियो। दुइदिने प्रशिक्षण पछि समापन कार्यक्रममा दलित र गैरदलित सहभागीहरुले जातिय बिभेद तथा छुवाछुत नगर्ने र अरुलाइ पनि गर्न नदिएर समाजमा सबै बराबरी हुनुपर्ने प्रतिबध्दतासंगै आगामी दिनमा पनि यस्ता कार्यक्रम निरन्तर भएमा समाज बाट छुवाछुत अन्त्य हुन सक्ने कुरा ब्यक्त गर्नु भएको थियो। कार्यक्रमा सहायता केन्द्र नेपालकी कोषाध्यक्ष दुबिसरा वलिले स्वागत मन्तब्य दिनु भएको थियो भने सचिब मुना बि क ले कार्यक्रम सन्चालन गर्नु भएको थियो।