पाल्पालि पोलिक्लिनिकमा डा. सन्जिब साह आउदै

देवराज कडेँल
तुलसीपुर
१५ माघ / दाङको तुलसीपुर स्थित पाल्पालि पोलिक्लिनिकमा डा.सञ्जिव शाह आउने भएका छन् । भैरहवा मेडिकल कलेजमा कार्यरत डा.साह माघ १६ गते आइतबार आउन लागेका हुन् ।

पोलिक्लिनिकका सञ्चालक सुरज ज्ञवालीका अनुसार शाह बरिष्ठ नसा तथा मनोरोग बिशेषज्ञ हुन् । त्यस्तै पोलिक्लिनकमा मानसिक, लागु औषध तथा नसा रोगीहरुलाई पनि बिशेषज्ञ डाक्टरहरुद्वारा उपचार गरिन्छ । पोलिक्लिनिकमा प्रत्येक महिनाको दोस्रो आइतबार विभिन्न बिशेषज्ञहरुल्े सेवा दिने गर्छन् ।

साथै पोलिक्लिनिकमा प्रत्येक दिन बिहान ८ बजे देखि बेलुका ५ बजे सम्म वरिष्ठ कन्सलटेन्ट डा. रन्जित पाण्डेले मधुमेह, रक्त सञ्चार, छाति मुटु,पेट, कलेजो तथा मिर्गौला रोगीहरुले सेवा लिइरहेका छन् ।


त्यस्तै नाक , कान , घाँटी रोग बिसिसज्ञ डा. सन्जय महर्जन , वरिष्ठ हाडजोर्नी तथा नसा रोग बिसिसज्ञ डा. अजय रेग्मी, महिला रोग बिशेषज्ञ डा. सेखर थापा लगायत बरिष्ठ भिडियो एक्सरे डा.बसन्त रेग्मीले सेवा दिने गर्छन् ।