गुरुकुल एकेडेमीको हाजिरीजवाफ प्रतियोगिता सम्पन्न

घोराही, १० असार ।
गुरुकुल एकेडेमी घोराहीमा हाजिरीजवाफ प्रतियोगिता सम्पन्न भएको छ । आईतबार विद्यालयमा कक्षा १ र २ का विद्यार्थिहरुको विचमा हाजिरीजवाफ कार्यक्रमको आयोजना गरीएको हो । साना नानि बाबुहरुलाई थोरै भएपनि ज्ञानका कुराहरु सिक्ने अवशर मिल्ने हेतुले यो कार्यक्रमको आयोजना गरीएको विद्यालयको मन्टेस्वरी संयोजक लोचना पौडेलले जानकारी दिनुभयो ।

सदनगत समुह अनुसार प्रतियोगिता गराइएको थियो । जसमा प्रथम एमरल्ड सदन भएको थियो भने रुवि सदन दोस्रो तथा सफाएर सदन तेस्रो हुन सफल भएका हुन । एउटा सदनमा ४ जनाको समुह रहेको थियो ।


गुरुकुल एकेडेमीको क्यालेन्डर अनुसार कार्यक्रमको आयोजना गरीएको संयोजक पौडेलले जानकारी दिनुभयो । हाजिरी जवाफ प्रतियोगिताका बिजेताहरुलाई प्रमाणपत्र प्रदान गरीएको हो ।