बलात्कारमा दोषी ठहर अभियुक्त १४ वर्षपछि पक्राउ

दाङ, ३ जेठ ।
बलात्कार गरी फरार भएका अभियुक्तलाई प्रहरीले १४ वर्षपछि पक्राउ गरेको छ । २०६७ साल कात्तिक २ गते महिलालाई बलात्कार गरी फरार भएका तुलसीपुर १६ का ५५ वर्षीय छविलाल चौधरीलाई आज प्रहरीले आफ्नै गाउँमा लुकेर बसेको अवस्थामा पक्राउ गरेको इप्रका तुलसीपुरका प्रमुख डीएसपी ठाकुर पोखरेलले जानकारी दिए ।

चौधरीलाई २०६७ साल चैत २५ गते दाङ जिल्ला अदालतले पाँच वर्ष कैद सजाए तोकेको थियो । उनी बलात्कार गरेदेखि नै फरार थिए । त्यसैगरी नाबालिका बलात्कार गरेको चार वर्षपछि अर्का एकजनालाई पनि प्रहरीले आजै पक्राउ गरेको छ ।


२०७७ साल भदौ ७ गते बलात्कार गरी फरार भएका तुलसीपुर ४ का ५५ वर्षीय रामबहादुर गन्धर्भ पक्राउ परेका हुन् । उनलाई २०८० साल मंसिर २२ गते अदालतले सात वर्ष कैद गर्ने फैसला सुनाएको थियो ।