सहकारी संस्था जीवन जिउने आधार बन्नु पर्छ: उपप्रमुख योगी

प्रिया स्मृती गजमेर
लमही, ३० बैशाख ।
सहकारी संस्था मानिसको जीवन जिउने आधार बन्नु पर्ने लमही नगरपालिकाका उपप्रमुख लक्ष्मी योगीले बताउनु भयो । घरको गर्जो टार्ने देखि लिएर उद्यम संचालनसम्मको काममा लगानी गरेर आर्थिक आय आर्जनको माध्यम बनेको उहाँको भनाई छ । शेयर सदस्यहरुलाई क्षमता अभिवृद्धि र विनियम सम्बन्धि जानकारी तालिमको उद्घाटन गर्दै लमही नगरपालिकाका उपप्रमुख लक्ष्मी योगीले यस्तो कुरा बताउनु भएको हो ।

संचालकहरुले विनियमका बारेमा बुझ्न अत्यन्तै आवश्यक रहेको बताउनु भयो । सहकारी विनियम अनुकुल छ कि छैन, संसोधन गर्नु पर्ने जस्ता विषयमा संचालकहरु सचेत हुनु पर्ने बताउनु भयो ।

संस्था बलियो गराउन सम्पूर्ण शेयर सदस्यहरु एकजुट हुनु पर्छ, व्यक्तिगत भन्दा पनि संस्थागत हितको लागि लागियो भने सबैलाई राम्रो हुने उपप्रमुख योगीको भनाई छ । संस्थाका कुनैपनी शेयर सदस्य, कर्मचारी, पदाधिकारीले गलत बाटो समाउदै गर्दा खबरदारी गर्नु पर्ने बताउनु भयो । यो सहकारीमा सबैको दुस्ख पसिना र मेहनत लागेकोले यसको संरक्षणका लागि सबै लाग्नु पर्ने नगर उपप्रमुख योगीले बताउनु भयो ।


सबैको आवश्यकता टारिदिने माध्तम बनेको छ, धेरथोर जेजती भएपनी लगानी गर्न र लिन पाइएको छ तसर्थ सहकारीलाई सदैब मन र मस्तिष्कमा राखेर अगाडी बढ्न आग्रह गर्नु भयो ।

सिद्ध सचेतना महिला बचत तथा ऋण सहकारी संस्थाकी अध्यक्ष सर्मिला श्रेष्ठको अध्यक्षता तथा लमही नगरपालिकाका उपप्रमुख लक्ष्मी योगीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रमको सहजीकरण आरती गिरीले गर्नु भएको थियो ।

कोषाध्यक्ष सोभा श्रेष्ठको स्वागत मन्तव्य राख्नु भएको थियो । तालिमको प्रशिक्षकमा लमही नगरपालिकाका प्रशासन प्रमुख महेश थापा ठेडी रहनु भएको थियो ।