दाङमा इनारमा खसेर एकको मृत्यु

दाङ
२८ कात्तिक / दाङमा इनारमा खसेर एक पुरुषको मृत्यु भएको छ । घोराही उपमहानगरपालिका ८ सौंरीका ५५ वर्षीय बलबहादुर बिकको शनिबार अपरान्ह घरनजिकैको इनारमा खसेर मृत्यु भएको हो ।

नेपाली सेनाको घोराहीस्थित रणसिंह दलको टोलीले विकको शव दुई घन्टापछि इनारबाट निकालेको गण प्रमुख रवीन्द्र महर्जनले बताए ।


मेजर धिरज खत्री नेतृत्वको टोलीले शव निकालेको थियो । माउन्टेन वारफेर तालिम लिएका सिपाही सुजन खड्कालगायतको टोलीले खुट्टामा डोरी बाँधेर इनारभित्र पसी शव निकालेको उनले जनाए ।