दंगीशरणमा दलित र गैर दलित बिच छुवाछूत अन्त्यकालागि २ दिने अभिमुखिकरण

दंगीशरण,  २२ बैशाख  ।
दंगीशरण गाउँपालिकाको आयोजनामा दलित र गैर दलित बिच छुवाछूत अन्त्यका लागी २ दिने अभिमुखिकरण कार्यक्रम आज एक कार्यक्रमकाविच दंगीशरण गाउँपालिकाको सभाहलमा सम्पन्न भएको छ ।

अभिमुखिकरण कार्यक्रमको समापन गर्नुहुदै गाउँपालिका अध्यक्ष शम्भु गिरीले बिगतको समयमा रुढीबादी परम्पराले जरा गाडेर बसेकाले बिस्तारै समयको परीवर्तन सङ्गै धेरैजसोमा चेतनाको विकास भएको बताउनुभयो । यताकता अझै छुवाछूतको कतै अबशेष बचेको भएपनि त्यसको अन्त्यका लागि सबै सचेत नागरीक लाग्नुपर्ने उहाँको भनाइथियो ।

अर्को प्रसङ्गमा अध्यक्ष गिरीले अब दलितहरु कोटामा मात्र भन्दापनि आफ्नो अधिकारको लागि लड्न तर्फ लाग्न आग्रह गर्नुभयो । आउँदो सभासम्म दंगीशरणमा दलित बिध्ययक पारीत गर्ने प्रतीबद्दता गर्दै अध्यक्ष गिरीले आफु दलित,बिपन्न,सिमान्तकृत तथा पिछडिएका बर्गको पक्षमा सदैव रहेको बताउनुभयो ।


यस्तै गाउँपालिका उपाध्यक्ष पिमा वलि खड्काले खड्काले शिक्षाका कारण र चेतनाका कारण बिगतको समयमा समाजमा छुवाछूत हुने गरेको भएतापनि अहिले पुस्तान्तरण सङ्गै छुवाछुत अन्त्यको बाटोमा समाज हिडेको बताउनुभयो ।

अब चेतनामुलक कार्यक्रमहरु लिएर बिधालय टोल समुदायमा जान अत्यन्तै आवश्यक रहेको उपाध्यक्ष खड्काको भनाइथियो । २ दिने अभिमुखिकरण कार्यक्रम गाउँपालिका उपाध्यक्ष पिमा वलि खड्काको अध्यक्षता तथा गाउँपालिकाका अध्यक्ष शम्भु गिरीको प्रमुख आथित्यतामा भएकोथियो ।