
दीपक बोहरा
दाङ,२५ असोज ।
उच्च अदालत तुलसीपुरले आईतबारदेखि मुद्दा दर्ता तथा सुनुवाईको काम सुरु गर्ने भएको छ । अदालतका रजिष्ट्रार यमप्रसाद बास्कोटाका अनुसार मुद्दा दर्ता, रिट, निशेधाज्ञाको निवेदन, मुलुकी देवानी कार्यविधि संहिता २०७४ को दफा १५७ र मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ७३ बमोजिमका निवेदनहरु दर्ता गर्ने र सुनुवाई गर्ने कार्य सुरु हुनेछ । यस अघि बन्दीप्रत्यक्षीकरणको निवेदन लिने मात्रै कार्य भएको थियो ।
साथै २४ भदौसम्मा चालु अबस्थामा रहेका मुद्दाहरुको कामकारवाही नियमित गर्ने र नयाँ पुनरावेदन पत्र दर्ता गरी सेवा प्रवाहलाई नियमित गर्ने सम्बन्धमा अर्को सूचना प्रकाशन गरेर मात्रै जानकारी दिइने रजिष्ट्रार बास्कोटाले बताए । उनका अनुसार म्याद, हदम्याद र तारेख नगुज्रिने तथा नियमित रुपमा सेवा प्रवाह गर्ने सम्बन्धि अर्को सूचना प्रकाशन गरेर जानकारी दिईनेछ । जेनजीको आन्दोलनका क्रममा अदालतमा भएको आगजनीले नियमित सेवा अगाडी बढ्न सकेको थिएन ।



लाइभदाङ । २५ आश्विन २०८२, शनिबार ०९:४६ बजे