राप्ती लाईफ केयरले यातायात ब्यबसायीलाई छुट दिने

तुलसीपुर, १० वैशाख । दाङको तुलसीपुर स्थित राप्ती लाइफ केयर हस्पिटललले यातायात ब्यबसायीहरुलाई छुट दिने भएको छ । दाङको त्रिसिद्धेश्वरी राप्ती यातायात प्रालिका स्टाप र पदाधिकारीले उपचारमा छुट पाउने गरि सहमति भएको छ ।

           

त्रिसिद्धेश्वरीका कर्मचारी तथा पदाधिकारीले उपचार सेवामा २० प्रतिशत, औषधिमा ७ प्रतिशत र अप्रेसनमा १० प्रतिशत छुट पाउने गरि सहमति भएको अस्पतालका निर्देशक जीवन भण्डारीले बताए । त्यस्तै दुर्घटनामा परेकालाई अस्पतालको आइसीयु, अप्रेसन लगायतका सेवामा २० प्रतिशत छुट दिने सम्झौता भएको छ । त्यसकालागि परिचय पत्र भने अनिवार्य गरिएको छ ।

राप्ती लाईफ केयर अस्पतालका अध्यक्ष हरिप्रसाद रिजाल र त्रिसिद्धेश्वरी राप्ती यातायात प्रालिका अध्यक्ष सुरेश हमालबीच उक्त सहमति भएको हो । यो सेवाले ब्यबसायी खुसी भएका छन्।