दाङमा करेन्ट लागेर किशोर घाइते

तुलसीपुर, १८ असोज ।
दाङको दंगीशरण गाउँपालिका–५ मिरौलीमा करेन्ट लागेर एक जना किशोर घाइते भएका छन् । घाइते हुनेमा सोही ठाउँ निबासी १५ बर्षका विवेक चौधरी रहेको बुवा बुद्धीराम चौधरीले जानकारी दिनुभयो ।


लु १ त ७६०८ नम्बरको टयाक्टरमा जर्कीनबाट डिजेल हाल्ने क्रममा विवेकलाई बिजुलीको नाङ्गो तारले छुँदा करेन्ट लागेको थियो । घाइतेको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा सामान्य उपचार पछि थप उपचारका लागि कोहलपुर रिफर गरिएको छ ।