सशस्त्र प्रहरी उपरीक्षक भट्ट र प्रहरी निरीक्षक मल्लद्धारा गुरुकुलमा प्रशिक्षण

घोराही, १० बैशाख ।
गुरुकुल एकेडेमी लमहिका विद्यार्थीहरुलाई सशस्त्र पहरीका प्रहरी उपरीक्षक पुरनचन्द्र भट्टले प्रशिक्षण दिनुभएको छ । उहाँले गुरुकुल एकेडेमी लमहीका सम्पुर्ण बालबालिकाहरुलाई प्रहरी भनेको केहो , प्रहरीका काम कर्तब्य के हुन , प्रहरीका समाजमा के काम गर्छ भन्ने कुरा र सामान्य रुपमा कानुनका कुराहरुको बारेमा जानकारी दिनुभएको थियो ।

गुरुकुल एकेडेमी लमहीले आयोजना गरेको यो कार्यक्रमबाट बालबालिकाहरुमा प्रहरी प्रति रहेको भ्रम केहि मात्रामा बुझाउन सकिएको विद्यालयका प्रधानाध्यापक मुकुन्द तिमिल्सिनाले जानकारी दिनुभयो । विद्यालय सुरुवातको पहिलो बर्षको पहिलो दिनमा मुख्य अतिथिको रुपमा सशस्त्रका प्रहरी उपरीक्षकद्धारा मोटिभेसनल कार्यक्रम गरीएको हो भने अव अन्य क्षेत्रका ब्यक्तिहरुबाट पनि यस्तो खालको कार्यक्रम नियमित गरीने विद्यालयका शैक्षिक संयोजक निमानन्द गैरेले जानकारी दिनुभयो ।


शैक्षिक संयोजक निमानन्द गैरेको संयोजकत्वमा भएको कार्यक्रमको संचालन प्रधानाध्यापक मुकुन्द तिमिल्सिनाले गर्नुभएको थियो । यस्तै गुरुुल एकेडेमी तुलसिपुरमा पनि नेपाल प्रहरीका प्रहरी निरीक्षक नवचन्द्र मल्लले प्रशिक्षण दिनुभएको छ । हामिसंग ज्ञानि नानि नामक कार्यक्रम मार्फत विद्यालय संचालनको पहिलो दिन प्रहरीका काम कर्तब्य सम्बन्धि प्रशिक्षण कार्यक्रम गरीएको गुरुकुल तुलसिपुरका प्रधानाध्यापक मुकुन्द गिरीले जानकारी दिनुभयो ।

हरेक बर्ष गरीने यस्ता कार्यक्रममा समाजमा रहेका हरेक पेशा सम्बन्धिका ब्यक्तिहरुसंग उनिहरुको काम कर्तब्यका बारेमा बालबालिकाहरुलाई जानकारी दिने गरीन्छ । यसै क्रममा प्रहरी निरीक्षक मल्लले नेपाल प्रहरीका काम केहो कसरी गरीन्छ लगायतका कुराहरुको जानकारी दिनुभएको थियो भने सम्पुर्ण विद्यार्थिहरुलाई सामान्य साइबर क्राइमका बारेमा पनि जानकारी दिनुभएको छ । यसको मुल उद्धेश्य हरेक क्षेत्रको बारेमा बालबालिकाहरुलाई जानकारी गराउने रहेको गुरुकुल एकेडेमीले बताएको छ ।