धान ओसाउने पङ्खाले लाग्दा १६ महिने वालिका गम्भीर घाइते

तुलसीपुर
२६ कात्तिक / धान ओसाउने क्रममा पङ्खाले लाग्दा दाङमा एक वालीका गम्भीर घाइते भएकी छिन् ।

तुलसीपुर उपमहानगरपालिका वडा नं. १६ भितुरीयाकी गीता परियारकी १६ महिने छोरी सृष्ठी परियारलाइ धान ओसाउने क्रममा पङ्खाले लाग्दा घाइते भएकी हुन् । उनको आँखामा गम्भीर चोट लागेको युवा खगेन्द्र डाँगीले बताए ।


आज दिउसो उक्त घटना भएको हो । उनको राप्ती आँखा अस्पताल रक्षाचौरमा सामान्य उपचार पछि थप उपचारकालागि भैरहवामा रेफर गरिएको छ ।