सल्यान दुर्घटना अपडेट : सवारी धनी तुलसीपुरका विकको मृत्यु

दाङ, ५ वैशाख । सल्यानमा भएको बस दुर्घटनामा परि सवारीधनी तुलसीपुरका विष्णु विश्कर्माको मृत्यु भएको छ ।

बुधबार बिहान करिब ११ बजेतिर दाङबाट रुकुम जाँदै गरेको यात्रुबहाक बस दुर्घटनामा पनि गम्भीर घाइते भएका तुलसीपुर ४ निवासी ४६ बर्षीय विकको मृत्यु भएको हो ।


उनको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी नायब उपरीक्षक नवीन कार्कीले जानकारी दिए ।

रा १ ख २०८५ नम्बरको यात्रुबकाक बस सल्यान बाघचौर नगरपालिका २ ठिनबाङ्ग खोलाको पुलबाट खसेको थियो । बस दुर्घटनामा परि गम्भीर घाइते भएका ९ जनाको दाङ र नेपालगञ्जमा उपचार भइरहेको छ ।