आफैले पढेको विद्यालयबाट पूर्वमन्त्री मास्कीले पाए सम्मान

तुलसीपुर,२८ चैत । लुम्बिनी प्रदेशका निवर्तमान अर्थमन्त्री तथा प्रदेशसभा सदस्य धनबहादुर मास्कीले आफैले पढेको विद्यालयमा पुगेर सम्मान ग्रहण गरेका छन् ।

बबई गाउँपालिका वडा नं.५ पदमपुर स्थित जनकल्यान माविले सोही विद्यालयमा अध्ययन गरेर अहिले सोही क्षेत्रको सांसद हँुँदै मन्त्रीसम्म भएको भन्दै त्यो विद्यालयको गर्वको विषय भएको भन्दै सम्मान गरेको हो । बुधबार भएको बार्षिक अभिभावक भेलामा मास्कीलाई सम्मान गरिएको हो । मास्कीले सोही विद्यालयमा कक्षा ५ सम्म अध्ययन गरेका थिए ।

मन्त्री मास्कीले सोही विद्यालयमा अध्ययनरत जनशक्ति राजनीति मात्रै नभई निजामति, शिक्षक, बैंक, सुरक्षा क्षेत्रलगायत बिभिन्न क्षेत्रमा जान सफल भएको बताए । सोही विद्यालयमा मास्कीले अर्थमन्त्री हुँदा अधुरो भवन निर्माणकालागि ३० लाख बजेट बिनियोजन गरेका थिए । बबई गाउँपालिकाबाट पहिलो पटक प्रदेश सांसद पाएको छ । पश्चिम दाङ विकट क्षेत्र हो ।


जुन क्षेत्र दाङको कर्णाली भनेर पनि चिनाउने गरिन्छ । तर, सोही क्षेत्रबाट मास्कीले विजयी हाँसिल गरि मन्त्री भएपछि न्याय पाएको शिक्षक अभिभावक संघका अध्यक्ष तारा भण्डारीले बताए ।

त्यस अवसरमा बबई गाउँपालिकाका उपाध्यक्ष बम कुमारी खड्का, वडा नं. ५ का अध्यक्ष हर्कबहादुर श्रीस, वडा नं. ४ का अध्यक्ष टेकबहादुर वली, वडा नं. ५ का निवर्तमान अध्यक्ष डम्बर श्रीसलगायतले मन्तब्य ब्यक्त गरेका थिए ।