टोल विकास संस्थाको भवनमा आगजनी, तीन जना विरुद्ध उजुरी

तुलसीपुर, २० चैत । दाङको तुलसीपुर उपमहानगरपालिका वडा नं. ९ स्थित भगवती टोल विकास संस्थाको भवनमा आगजनी भएको छ । अज्ञात समूहले सोही भवनमा अगजनी गर्दा टोलका महत्वपूर्ण कागजात तथा कुर्सी,टेबल,दराजलगायतका सामग्री जलेर नष्ट भएका छन् ।

आईतबार राति आगजनी भएको इलाका प्रहरी कार्यालय तुलसीपुरले बताएको छ । टोलका अध्यक्ष कुवेर नाथ योगीका अनुसार तीन जनाको नाममा उजुरी दिईएको छ । रेणु शाह, हंसराज केसी र लोकबहादुर शाहीमाथि छानविनकालागि भन्दै उजुरी दिईएको हो ।


सोही ठाउँको जग्गा रेणु शाहले लोकबहादुर शाहीलाई विक्री थिएका थिए । एकसय १३ मिटर जग्गा शाहीले किनेर पनि प्लटिङ गरि बिभिन्न ब्यक्तीलाई विक्री गरेका थिए । तर, त्यही विक्री गरिसकेको जग्गाबाट शाहले ४१ मिटर जग्गा मेरो हो भनी, २५ मिटरमा लगाईएको तरकारी खेति समेत नष्ट गरेका थिए ।

१८ गते रेणु शाहको निर्देशनमा दिउसो केही युवाहरुसहित जोडर ल्याएर तरकारी खेति समेत नष्ट गरेको अध्यक्ष योगीको भनाई छ । सोही दिन राति नै उक्त टोल विकास संस्थाको भवनमा आगजनी गरिएको थियो । ११३ मिटर जग्गा अन्तरगतमा टोल विकास संस्थाको भवन पर्दछ । प्रमाण नष्ट गर्ने नियतले आगजनी गरिएको हुन सक्ने अध्यक्ष योगीले बताए ।