लुम्बिनीको चालु अधिवेशन अन्त्य

दाङ, २६ भदौ ।
लुम्बिनी प्रदेश सरकारले चालु अधिवेशन अन्त्य गरेको छ । मंगलवार बसेको मन्त्रीपरिषदको बैठकले आज राती १२ बजेदेखि अन्त्य हुने गरि प्रदेश प्रमुख समक्ष सिफारिस गर्ने निणर्य गरेको हो ।


साथै बैठकले लोक सेवा कार्यालयका लागि भवन उपलब्ध गराउने, वाढी प्रभावित क्षेत्र बर्दियाका बिभिन्न स्थानमा राहात उपलब्ध गराउने, गाडी दुर्घटनामा परेका र बाघको आक्रमणमा मृत्यु भएकाहरुलाई राहत उपलब्ध गराउने निणर्य गरेको सरकारका प्रवक्ता तथा प्रदेश सरकारका गृह मन्त्री सन्तोष कुमार पाण्डेयले बताउनुभयो । साथै बैठकले प्रदेश सरकारका संगठन संरचना र अस्थायी दरबन्दी स्वीकृत गरिएको छ ।