दंगीशरणमा पुर्ण संस्थागत प्रसुती सेवायुक्त स्थानिय तह घोषणाकालागि अभिमुखिकरण

दंगीशरण, १८ चैत ।
पुर्ण सस्थागत प्रसुती सेवायुक्त स्थानिय तह र जिल्ला घोषणा तथा सुनिस्चितता मापदण्ड २०८० सम्बन्धि अभिमुखिकरण कार्यक्रम दंगीशरण गाउँपालिकाको सभाहलमा सम्पन्न भएको छ । पुर्ण संस्थागत प्रसुती सेवायुक्त स्थानिय तह घोषणा प्रक्रिया अगाडी बढाउने दंगीशरण गाउँपालिका जिल्लामै प्रथम स्थानियतह बनेकोछ ।

होम डेलिभरी कत्तीपनि नभएको डाटा अनुसार दंगीशरण गाउँपालिकामा सुरक्षित मातृत्व तथा प्रजन स्वास्थ्य अधिकारको सुनिश्चितता सबन्धि कार्यक्रम संचालन गर्न लागियको जिल्ला जनस्वास्थ्य कार्यालय दाङकि रिता न्यौपानेले बताउनुभयो ।

पुर्ण संस्थागत प्रसुती सेवा र नमुना पोषण अन्तर्गत ५ बर्षमुनिका बालबालिका खोजि गर्दै कुपोषित भएका वालवालिकाको अवस्था पत्ता लगाउन कार्यक्रम गर्न लागिएको स्वास्थ्यसाखा दंगीशरणका प्रमुख प्रदिप योगिले बताउनुभयो ।


अभिमुखिकरण कार्यक्रममा बोल्दै दंगीशरण गाउँपालिका अध्यक्ष शम्भु गिरीले पछिल्लो समयमा सुत्केरी सेवामा सहज भएको छ । पहिलेको समयमा कुनै बैज्ञानिकता नभइ पौराणिक तवरले सुत्केरी गराउदा विभिन्न किसिमका अप्ठ्यारो आइपर्ने अवस्था भएपनि अहिले त्यस्तो नभएको बताउनुभयो । अध्यक्ष गिरीले आफु निर्वाचित भएर आय लगत्तै पहिलो निर्णय सुत्केरी प्रोत्साहन भत्तामा राज्यले दिने २८०० रुपैयामा आफुहरुले ३२०० रुपैया थपेर ६००० पुर्यायको बताउनुभयो ।आफुहरु घरमा हुने सुत्केरी घटाइ संस्थागत सुत्केरी दरमा वृद्धि गर्न प्रोत्साहन स्वरुप अगाडि बढेको बताउनुभयो ।

अभिमुखिकरण कार्यक्रम गाउँपालिका अध्यक्ष शम्भु गिरीको अध्यक्षतामा भएकोथियो । कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रसासकिय अधिकृत डिलाराम पाण्डे ,सामाजिक विकास समितीका अध्यक्ष वडा नं. ६ का वडा अध्यक्ष रोशन जंग शाह,कार्यपालिका सदस्य चन्दा योगि ,शिक्षा युवा खेलकुद साखा प्रमुख विनोद अधिकारी,डा.बिशाल कोइराला,विभिन्न स्वास्थ्य संस्थाका प्रमुख तथा प्रतिनिधिहरुको सहभागिता रहेकोथियो । कार्यक्रमको सहजीकरण स्वास्थ्यसाखा दंगीशरणका सहायक राधा शर्माले गर्नुभएकोथियो ।