तिब्र गतिले मोटरसाईकल पसल भित्र छि¥यो

सागर रोका
तुलसीपुर, १२ चैत । दाङको तुलसीपुर ७ प्रसेनीमा तिब्र गतिमा आएको मोटरसाईकल पसल भित्र छिर्दा दुर्घटनामा परेको छ । सोमबार विहान साढे १० बजेतिर तुलसीपुर तर्फ जादै गरेको रा २ प ७१७३ नम्बरको मोटरसाईकल तिब्र गतिकै कारण अनियन्त्रित भई पसलमा छिरेको हो ।
जसबाट प्रसेनीको घुम्ती निर रहेको लोकबहादुर हलवाईको पसलमा क्षति भएको छ, भने तीन जना घाइते भएका इलाका प्रहरी कार्यालय तुलसीपुरले बताएको छ । घाइते हुनेमा मोटरसाईकल चालक तुलसीपुर १८ ग्वारखोलाका १९ बर्षीय मनिश विक, मोटरसाईकलमा सवार सोही ठाउँका १७ बर्षीय सुरज महत र पसलका साहुजी ४५ बर्षीय लोकबहादुर हलवाइ रहेका छन् ।

उनीहरुको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको छ । चालक विकको टाउको, बाँया हात र खुट्टामा चोट लागेको छ । उनको अबस्था मध्याम छ ।

त्यस्तै पछाडी सवार महतको बाँयाँ खुट्टामा सामान्य चोट लागेको छ, भने पसलका साहुजी हलवाईलाई दाँया खुट्टामा सामान्य चोट लागेको प्रहरीले बताएको छ । पेट्रोल हाल्न तुलसीपुर आउने क्रममा दुर्घटना भएको हो । तिब्र गतिका कारण दुर्घटना भएको प्रहरीले बताएको छ ।