घोराही, ६ चैत ।
घोराही ८ निवासी क्यान्सर रोग पीडित उमाराज शर्माको उपचारमा सहयोग गरिदिन बुवा गिरिराज शर्माद्वारा सबैलाई अनुरोध गरेका छन् ।
घोराही ८ दुन्द्रा गाउँ निवासी उमाराज शर्मालाई फोक्सोमा कान्सर जस्तो प्राण घातक रोग लाग्दा विगत ११ महिना देखी फोक्सोको क्यान्सर रोगको उपचार गरिरहनु भएको छ । घर परिवार र आफन्तले दिएको आर्थिक सहयोगले उपचारमा सहयोग पुग्दै आएको थियो ।
उमाराज शर्मालाई थप उपचार गराइ रहनु पर्ने डाक्टरको भनाइ अनुसार थप आर्थीक सहयोग आबस्यक परेको हुदा र घरको आर्थिक स्थिती निकै नाजुक अवस्थामा रहेको हुदा परिवारले क्यान्सर रोग संग लडिरहनु भएका उपाराज शर्माको निरन्तर थप उपचारको लागि आर्थिक सहयोग गरि उसको बाच्ने आसा पुरा गरिदिनु हुन सबै नेपाली दाजु भाइ एव दिदी बहिनी हरुमा अनुरोध गर्नु भएको छ । बालबच्चा साना भएका,आफू बृद्वा अबस्था भएको हुदा छोराको उपचारमा सहयोग गरिदिन बुवा गिरिराज शर्माले सबैमा आग्रह गर्नु भएको छ ।
आफ्ना सन्तानको सबैलाई माया हुन्छ झन छोरालाई फोक्सोमा क्यान्सर भएर उपचारमा आर्थिक अवस्था कमजोर हुदा धेरै चिन्ताले सताउने रहेछ बिरामीका बुवा गिरीराज शर्माले भने । अहिले सम्म घर र आफन्त बाट उठेको रमकले उपचार गराउदै आएको बुवाको भनाइ छ ।
भरतपुर क्यान्सर अस्पताल चितवनमा बिरामीको उपचार भइरहेको छ। अस्पतालकै बेडमा बसेर उपचार गराउने पर्ने हो तर पैसाकै अभाव भएका कारण घरबाट आउने जाने गर्ने गरेको बुवा गिरिराज शर्माले जानकारी गराउनु भएको छ । आफ्नो छोराको क्यान्सर रोग उपचारमा आर्थिक सहयोग गरि छोरालाई बचाइदिनु हुन बुवा गिरिराज शर्माले सबै नेपाली दाजु भाइलाई अपिल गर्नु भएको छ ।
सहयोग गर्नका लागि एभरेस्ट बैंकको तहको स्क्यान क्युआर कोड साबित भण्डारी बैंक खातामा जम्मा गरिदिनु हुन अनुरोध छ ।
लाइभदाङ । ६ चैत्र २०८०, मंगलवार १९:१० बजे