ज्ञानेन्द्र स्वर्णकारको ‘मलाई दोष लाउदै जाउ’ सार्वजनिक

प्रिया स्मृती गजमेर
लमही, ३ चैत ।
गायक ज्ञानेन्द्र स्वर्णकारको ‘मलाई दोष लाउदै जाउ’ बोलको गीत सार्वजनिक भएको छ । यो गीतमा नव गायिका छायाँ बुढाथोकीको सुरिलो आवाज रहेको छ । गायक स्वर्णकारले यस गीतलाई आफ्नै अफिसियल युटुब च्यानल मार्फत सार्वजनिक गर्नु भएको हो ।

माया प्रेममा परेका जोडी बीच मनमुटाव भएका कुराहरु दर्शाउन खोजिएको छ । सर्वश्व सम्झेर मन मुटुमा राखे पनि उसले आफुलाई र आफ्नो मायालाई बदर गर्दिएको, मायामा अपहेलित भएपछी प्रेमीले पनि लौ ठिक छ तिम्ले आफ्नै संसार रोज, आफ्नै खुशी गर भनेर गीतका शब्द मार्फत व्यक्त गरेका भावका शब्दलाई गीतकारले टपक्क टिपेर गीत बनाउनु भएको छ ।


‘मलाई दोष लाउदै जाउ’ बोलको यो गीतको भिडियोमा नव गायिका छायाँ बुढाथोकीको तड्पाई छटपटाहटलाई देख्न सकिन्छ । लमही क्षेत्रका डांडाकाँडाका दृश्यलाई कैद गरिएको छ । यस गीतलाई नव गायक दीपक रावतले पनि आवाज दिनु भएको छ । यस अघि पनि गायककार, गीतकार तथा संगीतकार स्वर्णकारले दर्जनौ गीतहरुमा आवाज दिनुका साथै शब्द लेख्नु भएको छ भने मिठासपूर्ण संगीत समेत भर्नु भएको छ ।

शब्द र संगीत यस गीतमा गायक तथा गीतकार स्वर्णकारकै रहेको छ भने म्युजिक एरेन्ज विपिन आचार्यको रहेको छ । क्यामरामा पवन बस्याल, मेक अपमा अरुण रोय र भिडियो सम्पादनको काम अस्मिता विष्टले गर्नु भएको छ । दाङको लमहीमा रहेको गुड भ्वाईस रेर्कडिङ स्टुडियोमा रेर्कडिङ गरिएको हो ।