यी हुन्, रात्री बस दुर्घटना हुँदा घाइते हुने तीन जना

तुलसीपुर, ३० फागुन । पूर्व पश्चिम राजमार्ग अन्तर्गत दाङको गढवा गाउँपालिका–१ स्थित कालाकाटे जुरौनीमा रात्रीबस दुर्घटना हुँदा तीन जना घाइते भएका छन्।

मंगलबार राती तुल्सीपुरबाट काठमाडौं जाँदै गरेको प्रदेश ३–०१–००६ ख ०९७४ नम्वरको बस अनियन्त्रित भएर सालको काठमा ठोक्किर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ।

तुल्सीपुर उमहानगरपालिका–१९ का २१ वर्षीय आस्था पौडेल, सोही ठाउँका २२ वर्षीय बाबुराम लामिछाने र लमही नगरपालिका–५ बस्ने ४८ वर्षीय बबिता शाही घाइते भएका प्रहरीले जनाएको छ। उनीहरु सबैको अवस्था मध्यम रहेको जनाइएको छ।


घाइतेको उपचार भालुवाङस्थित राप्ती पोलिक्लिनमा भइरहेको छ। बसमा ४० जना यात्रु सवार थिए। उनीहरुलाई अन्य बसमा राखेर यात्रा गराइएको थियो।

May be an image of train and text