समाजवादी मोर्चा तुलसीपुरको संयोजकमा थापा

तुलसीपुर,२९ फागुन।
दाङको तुलसीपुर उपमहानगरपालिकामा पनि समाजवादी मोर्चा गठन भएको छ । माओवादी केन्द्रका तुलसीपुर नगर कमिटि उपाध्यक्ष मोहन थापाको अध्यक्षतामा मोर्चा गठन भएको हो । जसको सदस्य सचिबमा माओवादी केन्द्रका तुलसीपुर नगर कोषाध्यक्ष अमर नेपाली९माईकल०, सदस्यमा माओवादी केन्द्रका मिनराव वलीलाई चयन गरिएको छ ।

त्यस्तै विप्लव निकट नेकपामा रुद्र सी, जीवन सी, शिव सी, एकीकृत समाजवादीबाट जगदिस देवकोटा,रमा भण्डारी,मदन केसीलाई सदस्यमा चयन गरिएको छ । त्यस्तै जसपाबाट गीता देवकोटा, टोपबहादुर महतारा र सुकराम विकलाई चयन गरिएको छ ।

जगदिश देवकोटाको अध्यक्षता तथा माओवादी केन्द्रका केन्द्रीय निर्वाचन आयोग सदस्य कुवेर वलीको प्रमुख आतिथ्यमा कार्यक्रम भएको हो ।


त्यस अवसरमा बिशिष्ट अतिथि माओवादी केन्द्रका केन्द्रीय सदस्य निर्मल आचार्य, विप्वल निकट नेकपा पूर्वी दाङ इञ्चार्ज सम्झना सी, एकीकृत समाजवादीका केन्द्रीय सदस्य अनारकली मिया, चित्रा मल्ल,जसपाका मोहन वलीलगायतले मन्तब्य ब्यक्त गरेका थिए । सोही क्रममा विप्लव माओवादीका प्रदिप सीले समाजवादी मोर्चा घोषणा गरेका थिए । कार्यक्रमको सहजीकरण माओवादी केन्द्रका तुलसीपुर नगर अध्यक्ष खुसीराम चौधरीले गरेका थिए ।