राप्ती गाउँपालिकाले फागुन २९ गते स्थापना दिवस मनाउने

तुल बहादुर कवँर मगर
देउखुरी, २८ फागुन ।
दाङ देउखुरीको गाउँपालिकाले फागुन २९ गते आठौं स्थापना दिवस मनाउने भएको छ । दिवसको अवसरमा गाउँपालिकाको विकासका विषयमा छलफलका साथै विभिन्न व्यक्ति तथा क्षेत्रलाई सम्मान एवं पुरस्कृत गर्ने कार्यक्रम तय गरेको छ ।

गाउँपालिकाको सभाहल मसुरीयामा बिहान ११ बजे लुम्बिनी प्रदेश सभाका सभामुख तुलाराम घर्तीको प्रमुख आतिथ्यतामा पालिकाको स्थापना दिवस मनाईने गाउँपालिका अध्यक्ष प्रकाश विष्टले जानकारी दिनुभयो ।

पालिकाको स्थापना दिवसका अवसरमा विभिन्न क्षेत्रमा उत्कृष्ट हुने व्यक्ति तथा संघसंस्थाहरुलाई पुरस्कृत तथा सम्मान गरिने भएको छ । त्यसैगरी पालिकाको विकास र सम्बृद्विमा भुमिका खेलेका व्यक्तिहरुलाई समेत सम्मान गरिने बताइएको छ ।


साथै पालिकाको स्थापना दिवस कार्यक्रममा उपस्थित हुन सम्पूर्ण राजनितिक दल,नागरिक समाज, पत्रकार, अधिकारकर्मी, व्यवसायी,टोल विकास संस्था लगाएत सम्पूर्ण राप्तीबासीलाई गाउँपालिकाका अध्यक्ष विष्टले आमन्त्रण गर्नुभएको छ ।

यसैबीच फागुन २८ गते बिहान देउखुरी क्षेत्रमा रहेका ४ स्थानीय तहहरु बीच मैत्रीपूर्ण ब्याडमिन्टन प्रतियोगिताको समेत आयोजना गरिएको छ।