लुम्बिनीको हिउदे अधिवेशन सुरु

दाङ,१८ फागुन । लुम्बिनी प्रदेशको हिउदे अधिवेशन आज(शुक्रबार)देखि सुरु भएको छ ।

दिउसो सवा ३ बजेदेखि सभा शुरु बैठकमा सभामुखले प्रदेश सभाको अधिवेशन आह्वान सम्बन्धी पत्रमा पढेर सुनाउनुभएको थियो, भने मौजुदा मन्त्रिपरिषद्मा नियुक्ति र कार्यविभाजन सम्बन्धी पत्र पढेर सुनाएका थिए । बैठक पाँच मिनेट मात्रै बसेको थियो ।


अबको आगामी बैठक फागुन १९ गते शनिबार बस्नेछ । दिउसो २ बजेकालागि तय भएको बैठकलाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सम्बोधन गर्ने कार्यसूचि रहेको छ ।