
दाङ, २० फागुन ।
दाङमा मोटरसाइकल दुर्घटनामा परी एक युवकको उपचारका क्रममा मृत्यु भएको छ । अर्का एक जना गम्भीर घाइते भएका छन् ।
मृत्यु हुनेमा तुलसीपुर उपमहानगरपालिका–१९ थानगाँउका २२ वर्षका दिपेन घर्ति मगर रहेको दाङ प्रहरीले जनाएको हो । मोटरसाइकलमा पछाडी सवार सोही ठाँउका २१ वर्षका सोनु सुनारको अवस्था पनि गम्भिर रहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रवक्ता डिएसपी रेशम बोहोराले जानकारी दिनुभयो ।
दुर्घटनामा परी गम्भिर घाइते भएका दुबै जनालाई राप्ती लाईफ केयर हस्पिटल तुलसीपुर सामान्य उपचार पछि थप उपचारका लागी राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठान घोराहीमा रेफर गरिएको थियो । मोटरसाइकल चालक दिपेनको उपचारकै क्रममा हिजो ५ बजेर २० मिनेटमा मृत्यु भएको प्रहरीले जनाएको छ । घाइते सुनारको बाँया हात, ढाड र शरीरको विभिन्न भागमा चोट लागेको छ ।
हिजो मंगलबार अपराह्न साढे ४ बजेतिर बिजौरीबाट हाडीमे तर्फ जाँदै गरेको रा।४ प।४४८१ नंम्बरको मोटरसाइकल आफै अनियन्त्रित भइ तुलसीपुर–१९ हाडिमेको भित्री सडक खण्डमा दुर्घटना भएको थियो । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले प्रहरीले जनाएको छ ।



लाइभदाङ । २० फाल्गुन २०८२, बुधबार १९:४८ बजे