दाङमा बन्दुकले लागेर एक सिकारीको मृत्य

दीपक बोहरा
दाङ, ५ फागुन ।
दाङमा सिकार खेल्न गएको अबस्थामा बन्दुकले लागेर एक सिकारीको मृत्यु भएको छ ।

इलाका प्रहरी कार्यालय खितलपुरका प्रहरी निरीक्षक अयजजंग थापाका अनुसार शुक्रबार राति सिकार खेल्न शान्तिनगर १ स्थित बनमा जाने क्रममा मल्ले छहरे खोलामा बन्दुकले लागेर बबई गाउँपालिका ४ स्थित विमल भन्ने २४ बर्षीय तेजलाल खत्रीको मृत्यु भएको हो ।

उनको साथमा ११/१२ जना गएको भन्ने बुझिएको भन्दै उनीहरुको खोजी कार्य जारी रहेको प्रहरी निरीक्षक थापाले बताऐ ।“उनीहरुको साथमा ११÷१२ जना गएको भन्ने बुझिएको छ”,उनले भने “ आफै लागेको हो वा कसैले हानेको भन्ने विषयमा अनुसन्धान गरिरहेका छौं ।”


राति १ बजेतिर आफूहरु घटनास्थलमा पुग्दा मृत्यु भइसकेको अबस्था फेला पारिएको र उनको साथबाट एउटा बन्दुक र त्यसकालागि चाहिने सामग्रीहरु फेला पारेको प्रहरी निरीक्षक थापाले बताए ।

साथै संगै गएका केहीको पहिचान भइसकेकाले उनीहरुलाई खोजी गरि तत्काल पक्राउ गर्ने गरि तयारी थालिएको समेत उनको भनाई छ । खत्रीको शवलाई राप्ती प्रादेशिक अस्पताल तुलसीपुर ल्याईएको छ ।