तुलसीपुरमा १४ बर्षीया बालिका बलात्कृत

तुलसीपुर, ११ साउन ।
दाङको तुलसीपुरमा अर्को बलात्कारको घटना भएको छ । तुलसीपुरमा १४ वर्षिया बालिका बलात्कृत भएकी छिन् । मंगलबार दिउसो साढे २ बजेतिर १४ बर्षीया बालिका बलात्कृत भएकी हुन् । बलात्कारको आरोपमा प्रहरीले तुलसीपुर उपमहानगरपालिका–११ निवासी २३ वर्षीय बिनोद वलीलाई पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक पर्वत केसीका अनुसार वलीले ति बालिकालाई घर नजिकैको मकै बारीमा बोलाई बलात्कार गरेका हुन् ।

बलात्कार पछि अचेत अवस्थामा रहेको अवस्थामा उनकी आमाले भेटाएकी थिइन् । अहिले उनको अवस्था सामान्य रहेको छ । वलीलाई विहीबार पक्राउ गरि अनुसन्धान थालिएको प्रहरीले बताएको छ ।


केही दिन अघि मात्रै तुलसीपुरमा ७३ बर्षीया बृद्ध महिला र ११ बर्षीया बालिका बलात्कृत भएका थिए । तुलसीपुरमा पछिल्लो समय बालात्कारका घटना बढिरहेका छन् ।