कानुन बुझेको नागरिक  अपराधीक कृयाकलापमा संलग्न हुदैन : अध्यक्ष क्षेत्री 

हापुरे, २६ माघ । 
दाङको बबई गाउँपालिकाका अध्यक्ष कुल बहादुर खत्री क्षेत्रीले कानुन बुझेको नागरिक  अपराधीक कृयाकलापमा संलग्न  नहुने बताउनु भएको छ । बबई गाउँपालिकाकाे न्यायिक समितिकाे आयाेजनामा बिहिवारदेखी सुरु भएको  न्यायिक समिति र मेलमिलाप कर्ताको लागी कानुनी परामर्श तालिमको उद्धघाटन गदैं अध्यक्ष क्षेत्रीले  समाजमा कानुन र कानुनी सजायका बिषयमा जानकारी नहुदा धेरै अपराधीक कृयाकलाप भैरहेको बताउनुभयाे ।
कार्यक्रका प्रमुख अतिथी समेत रहनुभएका अध्यक्ष क्षेत्रीले तालिममा सहभागिहरुले तालिममा सिकेका कुरा ग्रामीण क्षेत्रमा पुराउन अनुरोध गर्दै बबई गाउँपालिकालाई न्याय सम्पादनमा उत्कृष्ट पालिका बनाउन भुमिका खेल्दिन समेत अनुरोध गर्नुभयो । कार्यक्रममा बोल्दै बबई गाउँपालिकाका उपाध्यक्ष तथा न्यायिक समिति संयोजक बम कुमारी खड्काले वडा स्तरका मेलमिलाप कर्ताहरुले वडास्तरमा हुने विभिन्न समस्याहरुकाे समाधानमा मेलमिलाप कर्ताहरुकाे भुमिका महत्त्वपूर्ण भएको बताउनुभयो ।
उपाध्यक्ष खड्काले गाउँका कुरा न्यायिक समिति सम्म ल्याई मेलमिलाप गराउन मेलमिलाप कर्ताले खेलेको  भुमिकाकै कारण  बबई गाउँपालिकाको न्यायिक समिति न्याय सम्पादनका बिषयमा दाङ जिल्लामै तेस्रो स्थानमा रहेको बताउनुभयो । तालीम अन्तर्गत न्यायिक समिति र मेलमिलाप र कानुनी उपचारका बिषयमा बिज्ञ  प्रशिक्षकहरुबाट प्रशीक्षण दिईने बताइएको छ ।
बबई गाउँपालिका उपाध्यक्ष तथा न्यायिक समिति संयोजक बम कुमारी खड्काको अध्यक्षता,बबई गाउँपालिकाका अध्यक्ष कुल बहादुर खत्री क्षेत्रीको प्रमुख अतिथ्यता तथा बबई गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत हिरालाल भण्डारीको बिशिस्ट अतिथ्यतामा सम्पन्न कार्यक्रमको बिषय प्रवेश बबई गाउँपालिकाका कानुनी सल्लाहकार मधुसूदन गौतमले गर्नुभएको थियो ।
बबई गाउँपालिका वडा नम्बर ७ का वडा सदस्य तथा बबई गाउँपालिका न्यायिक समिति सदस्य ईन्द्र डि.सीको स्वागत  मन्तब्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन बबई गाउँपालिका न्यायिक समिति उजुरी प्रशासक उर्मिला जिरेलले गर्नु भएको थियो । फागुन १ गतेसम्म सञ्चालन हुने तालिममा  बबई  गाउँपालिकाका न्यायिक समिति र सबै वडाका मेलमिलाप कर्ताहरुको उपस्थिति रहेको छ ।