खानेपानी संस्थाहरू सूचिकृत गर्दै ‘उपमहानगर’ 

तुलसीपुर, २ मंसिर ।
तुलसीपुर उपमहानगरपालिले खानेपानी उपभोक्ता संस्थाहरु सूचिकृत गर्न थालिएको छ ।  उपमहानगरपालिका भित्र रहेका खानेपानी संस्थाहरू सूचिकृत गर्न थालिएको हो ।

उपमहानगरपालिकाका प्रमुख टिकाराम खड्काका अनुसार पालिका भित्रका खानेपानी संस्थालाई सूचिकृत गरि ति सस्थालाई व्यवस्थित गर्न थालिएको बताए । उनका अनुसार उपमहानगरपालिका भित्रका खानेपानी उपभोक्ता संस्थाहरुलाई सबैलाई सूचिकृत गरेपछि खानेपानीको पालिका स्तरीय समिति समेत बनाइने बताए ।


खानेपानी तथा सरसफाइ नियमावली, २०८१ को परिच्छेद ४ को नियम १९ को उपनियम   (२) मा भएको व्यवस्था अनुसार यस नियमावली प्रारम्भ हुनु अघि प्रचलित कानून वमोजिम दर्ता भएका खानेपानी तथा सरसफाइ उपभोक्ता संस्था/समितिहरुलाई सूचिकृत गर्न आह्वान गरिएको हो । ३० कात्तिकदखि १५ दिनभित्र सूचिकृत गर्न आह्वान गरिएको हो ।

तुलसीपुर भित्र ७० भन्दा बढि खानेपानी उपभोक्ता संस्थाहरू रहेका छन् । ति मध्ये २८ बढि ठूला संस्थाहरु छन् । खानेपानी संस्थाहरू स्थानीय तहसंग नजोडिदा व्यवस्थापन गर्न समस्या हुने गरेको भन्दै सूचिकृत गर्न थालिएको प्रमुख खड्काको भनाई छ । उपमहानगरपालिका भित्रका खानेपानी संस्थाहरुको नेतृत्व चयनमा पनि सहजीकरण गर्न पनि सहज हुने उनको भनाई छ । साभारः अग्रिम साप्ताहिक