थारु लक्षित स्थानीय तहका नीति

अन्जना बिश्वकर्मा
तुलसीपुर, १५ माघ ।
दाङका स्थानीय तहहरुले थारु समुदाय लक्षित नीति बनाएका छन् । दाङको राप्ती गाउँपालिकाले बडघर ऐन निर्माण गरेको छ । थारु समुदायले गाउँघरमा हुने कामलाई सामूहिक ढंगबाट गर्ने र न्यायीक कार्य गर्छन् । जसलाई बडघर भनिन्छ । यो एकताको प्रतिक भएकाले यसलाई ऐन बनाएर कार्यान्वयनमा लैजान लागेको राप्ती गाउँपालिका अध्यक्ष प्रकाश विष्टले बताए । “एकता र सामूहिकतामा थारु समुदायको राम्रो अभ्यास छ ”,उनले भने “हामीलाई यसलाई प्रसय दिन ऐन बनाएर कार्यान्वयनको चरणमा अघि बढेका छौं ।”

साथै थारु समुदायले ‘महतवा’ चुन्ने गरेको भन्दै त्यो सामूहिकताको एउटा प्रतिक रहेको उनको भनाई छ । त्यसैले पनि दाङमा पहिलो पालिकाका रुपमा बडघर प्रथालाई कानुनी मान्यता दिएको उनले बताए ।

त्यस्तै घोराही उपमहानगरपालिकाले पनि थारु समुदाय लक्षित नीति बनाएको छ । नीति बनाएर थारु समुदायका विदार्थीलाई मातृ भाषामा शिक्षा दिने तयारी गरेको छ । पालिकाका उपप्रमुख हुमा डीसीका अनुसार घोराही उपमहानगरपालिका वडा नं.३ स्थित रात्री प्राबिमा थारु भाषामा पढाई सुरू गर्ने तयारी रहेको बताए । त्यस्तै सबै वडामा थारु समुदायकालागि भुह्यारथान निर्माण गरेको बताए । त्यस्तै मुक्तकम्लरी, कमैयाको आयआर्जनकालागि बजेट समेट विनियोजन गरेको उनको भनाई छ ।


त्यस्तै दंगीशरण गाउँपालिकाले पनि थारु समुदायको संस्कार, संस्कृति संरक्षणकालागि नीति बनाउने गरि तयारी थालेको बताईएको छ । पालिका अध्यक्ष शम्भु गिरीका अनुसार पछिल्लो समय युवा पुस्ताले थारु कला,संस्कार,संस्कृति भुल्न थालेको भन्दै त्यसलाई जोगाउन नीति बनाएर अगाडी बढ्ने बताए । आफूहरू पालिकामा आएपछि थारुको पहिचान जोगाउनकालागि विभिन्न कार्यक्रम गरेको समेत उनले बताए ।

दाङ थारु बाहुल्यता भएको जिल्ला हो । जहाँ दंगीशरण राजाले राज समेत गरेका थिए । तुलसीपुर उपमहानगरपालिका वडा नं.११ सुकौरामा राज गरेको स्थानमा संघीय सरकार र प्रदेश सरकारबाट गरि डेढ करोड बजेट आएको छ । अहिले त्यहाँ भ्यूटावर र राजाको शालिक निर्माण गरिएको छ । साभारः अग्रिम साप्ताहिक