महायज्ञ परिषर वरिपरि सरसफाइ

तुलसीपुर, १२ माघ।
दाङको तुलसीपुरमा माघ १३ भोलि देखि सञ्चालन हुने महायज्ञ परिषर वरिपरि सरसफाइ गरिएको छ। मानव सेवा आश्रमको भवन निर्माणका लागि दाङको तुलसीपुर उपमहानगरपालिका–५ स्थित अरनिको मैदानमा महायज्ञ लगाउन थालिएको हो ।

शुक्रबार नेपाली सेना,नेपाल प्रहरी,शसस्त्र प्रहरी,तुलसीपुर उपमहानगरपालिकाका कर्मचारी, महायज्ञ मुल आयोजक समितिमा आवद्ध र स्थानीयले अरणीको मैदानमा सरसफाई गरेका हुन् । महायज्ञको अन्तिम तयारीको अबस्थामा महसुस हुने गरी पण्डाल निर्माण, शौचालय निर्माण र सरसफाई लगायतका काम भएका छन् । भक्तजन तथा स्वयमसेवीहरुको सुबिधाका लागि प्रस्तत मात्रमा अस्थायी शौचालय निर्माण गरिएको मुल आयोजक समितिका संयोजक डिल्लीबहादुर बस्नेतले जानकारी दिए।


भागवत भाष्कर कमलनयन गौतमले कथा वाचन गर्ने महायज्ञको शोभा कलस यात्रा माघ १३ गते बिहान ११ बजे, तुलसीपुर स्थीत नयाँ बसपार्कबाट हुने छ । माघ १३ गते दिनको साँढे १२ बजे मुख्यमन्त्री डिल्लीबहादुर चौधरीबाट महायज्ञको समुदघाटन हुने भने माघ १९ गते लक्ष्यवत्ति दिप प्रज्वलन र माघ २० गते साझँ ४ बजदेखि ५ बजे सम्म समापन कार्यक्रम हुने सदस्य सचिव बुद्धप्रकास सिंहले जानकारी दिए।

प्रत्येक दिन बिहान ७ बजेदेखि पुजा एवं पाठ,११ बजेदेखि ४ बजे सम्म कथा वाचन,४ः१५ बजे आरती, ४ः ३० बजे प्रसाद ग्रहण र बेलुकी ७ बजदेखि ९ बजे सम्म सन्ध्याकालीन भजन प्रस्तुत हुने छ । प्रत्येक दिन बिहान ६ बजेदेखि योग कक्षा र बिद्यार्थीहरुका लागि केही समय सकारात्मक उर्जा सम्बन्धि कक्षा सम्मेत दिईने मानव सेवा आश्रमका केन्द्रिय अध्यक्ष रामजी अधिकारीले जानकारी दिए।