मलेसियामा निधन भएका बबईका खड्काको शव आईपुग्यो

दाङ, ८ माघ ।
मलेसियामा मृत्यु भएका बबई ५ खयरभट्टीका होम बहादुर खड्काको शव नेपाल ल्याईएको छ । गत पुस २३ गते मलेसियाको पेनाङ राज्य अन्तरगत सेबरेङजयामा स्कुटर दुर्घटनामा मृत्यु भएका खड्काको शब आईतबार राति ११ बजे काठमाडौं ल्याईएको हो । उनको शवलाई आज दिउसो घरमै ल्याई पु¥याउने तयारी रहेको मृतकका दाजु प्रेम खड्काले जानकारी दिए ।

बिगत ७ बर्षदेखी मलेसियामा काम गरिरहेका खड्काको निधन भएपश्चात् बिभिन्न निकायको अनुरोधमा बैदेशिक रोजगार बोर्ड र राजदुतावास मलेसियाको सहजीकरणमा एस आई इन्डियन कास्केट कम्पनी मार्फत शव नेपाल आईपुगेको हो । मृतक खड्काको सोमबार नै अन्तेष्टी गरिने बताएको छ।


उनको मृत्युले परिवारमा भने विचल्ली भएको छ । कमाउन सक्ने ब्यक्तीको मृत्यु भएपछि १२ लाख ऋण कसरी तिर्ने भन्ने परिवारमा चिन्ता छ ।