दंगीशरणमा निःशुल्क स्वास्थ्य शिवीर सम्पन्न

प्रमोद आचार्य
दंगीशरण, ७ माघ ।
दंगीशरण गाउँपालिका तथा राप्तीलाइफ केयर हस्पिटल तुलसीपुर ७ मोतीपुर दाङको आयोजनामा एक दिने निःशुल्क स्वास्थ्य शिवीर दंगीशरण ६ को प्राथमिक स्वास्थ्यकेन्द्र श्रीगाउमा सम्पन्न भएको छ । दंगीशरण ६ का वडा अध्यक्ष तथा अस्पताल ब्यबस्थापन समितीका अध्यक्ष रोशन जंग शाहको अध्यक्षता गाउँपालिका अध्यक्ष शम्भु गिरीको प्रमुख आथित्यता, गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत डिलाराम पाण्डे तथा राप्ती लाइफ केयर हस्पिटलका निर्देशक जिबन भण्डारीको बिशिस्ट आथित्यतामा शिविरको उद्घाटन गरीएको हो ।

शिवीरमा वरीष्ठ फिजिसियन डा.मुक्ती थापा,हाडजोर्नि तथा नसा रोग विशेषज्ञ डा.ओम अर्याल,नसा तथा हाडजोर्नि रोग विशेषज्ञ निभाष शर्मा, बालरोग विशेषज्ञ डा.श्रीधर खनालद्वरा शिवीरका बिरामिलाई चेकजाचको सेवा दिइएकोथियो ।शिवीरमा २४४ जना सेवाग्राहीले शिवीरबाट सेवा लिएको स्वास्थ्यसाखा दंगीशरणका प्रमुख प्रदिप योगीले जानकारी दिएका छन् ।शिवीरमा बिरामिहरुलाई निःशुल्क औषधि प्रदान गरीएकोथियो ।

उद्घाटन सत्रमा बोल्दै कार्यक्रमका प्रमुख अथिती दंगीशरण गाउँपालिका अध्यक्ष शम्भु गिरीले आफुहरु निर्वाचित भएर आएपछि भौतिक पुर्वाधार सङ्गै मानवीय विकासलाई प्राथमिकताका साथ आगाडी बढाएको बताउनुभयो । आफुहरुले आफ्नो गाउँपालिकाभित्रका दिर्घरोगीहरुलाई निःशुल्क औषधि बितरणदेखी महिलाको पाठेघरको चेकजाच लगायत जेष्ठ नागरिकहरुका लागी समेत विभिन्न शिवीरहरु आयोजना गरेको जानकारी गराउनुभयो ।

स्वास्थ्य नै ब्यक्तीको पहिलो धन भएकाले नागरीकको स्वास्थ्य सहि भएमात्र अरु कुरा सोच्न सकिने बताउनुभयो । त्यसैले पनि समय समयमा आयोजनाहुने निःशुल्क स्वास्थ्य शिवीरले ग्रामीण भेगमा बस्ने नागरिकलाई सहज हुने अपेक्षा लिएको बताउनुभयो ।


कार्यक्रममा बोल्दै वडा नं. ६ का वडा अध्यक्ष तथा सामाजिक विकास समितीका सयोजक रोशन जंग शाहले शिवीरबाट सिफारिस भएका जटिल किसिमका विरामिलाई राप्ती लाइफ केयर हस्पिटलको समन्वयमा निःशुल्क औषधि उपचारको ब्यबस्था मिलाउन आग्रह गर्नुभयो ।

यस्तै राप्ती लाइफ केयर हस्पिटलका निर्देशक जिवन भण्डारीले राप्ती लाइफ केयर बिगतका वर्षदेखीनै मानव सेवाका लागी जोडिदै आएको बताउनुभयो ।निर्देशक भण्डारीले आफुहरुलाई गाउँपालिकाबाट प्रस्ताव आए गाउँपालिकाका हरेक स्वास्थ्यसस्थामा विशेषज्ञ सेवादिन आफुहरु प्रतीबद्द रहेको बताउनुभयो ।

शिविरमा डा.ओम अर्याल,प्राथामिक स्वास्थ्यकेन्द्र श्रीगाउँका प्रमुख डा. सुगत अधिकारी लगाएतले आ–आफ्नो भनाइ राख्नुभएको थियो । स्वास्थ्य साखा प्रमुख प्रदिप योगिको स्वागत मन्तब्यबाट शुरुभएको कार्यक्रमको सहजीकरण गाउँपालिकाका प्रेस संयोजक प्रमोद आचार्यले गर्नुभएकोथियो ।