तुलसीपुर यातायात प्रालिद्धारा थप सुविधा सम्पन्न बस सञ्चालन

तुलसीपुर, ४ माघ ।
तुलसीपुर यातायात प्रालिले नयाँ एयर बस सञ्चालनमा ल्याएको छ । दाङ–काठमाण्डौ रात्रि सेवाका लागि सुविधा सम्पन्न एसि बस थप गरेको प्रालिका अध्यक्ष पवनराज बुढाथोकीले जानकारी दिए । यस अघि स्तरिय एसि र डिलक्स सहितका रात्री बस सेवा दिई रहेको यातायात प्रालिले यात्रुहरुको माग र सुविधालाई मध्यनजर गदै बुधवार देखि थप २ वटा सुविधा सम्पन्न एसीबसहरु थपगरि काठमाण्डौ रुटमा सञ्चालन गरेको अध्यक्ष बुढाथोकीले जानकारी दिए ।

‘४० सिटे एसी बसहरु यस अघिनै हामीहरुले दाङ–काठमाण्डौ रुटमा सञ्चालन गरेका थियौ तर थप सेवाका लागि थप बसहरु थपगरी सेवा विस्तार गरेकाछौं’ अध्यक्ष बुढाथोकीले भने । समय अनुसार यात्रुहरुको चाहना र आरामदायि यात्राका लागि दिन प्रतिदिन सुविधा सम्पन्न सेवाहरु थप गदै लगेको उनले जानकारी दिए ।


हाल नयाँ सञ्चालन भएका एसी बसको भाडा दाङ–काठमाण्डौको लागि १७ सय ९० रुपैयाँ रहेको छ। तुलसीपुर यातायात प्रालिले देशका ठुला शहर र छिमेकी जिल्ला तथा नगरपालिका गाउँपालिकामा भित्र सवै स्थानमा सेवा प्रदान गदै आएको छ ।

साथै यातायात प्रालिले पछिल्लो समयमा सितलहर सुरु भएको भन्दै हुस्सु र कुहीरोमा दुर्घटना हुने जोखिम भएकाले त्यस तर्फ सावधानी अपनाउन सवैलाई आग्रह गरेको छ । विहान र साँझको समयमा ढुडी लाग्ने भन्दै सजक भई यातायात सञ्चालन गर्न यातायात व्यवसायी राष्ट्रिय महासंघका केन्द्रिय सदस्य समेत रहेका बुढाथोकीले सवैलाई आग्रह गरे । ट्राफिक नियमको पालना गरि यात्रुहरुलाई यात्रुमैत्रि वातावारणमा यात्रा गराउन चालक सहचालक आग्रह समेत गरिएको छ ।